काठमाडौंको बाफलमा युवतीमाथि एसिड प्रहार


काठमाडौंमा एक युवतीमाथि विहीबार साँझ एसिड प्रहार भएको छ ।



साँझ बाफलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

एक युवकले कार्कीमाथि एसिड प्रहार गरेर फरार भएको उनले बताए । फरार युवकको खोजी भइरहेको छ ।




‘एसिड प्रहार गर्ने युवकको खोजी भइरहेको छ। थप अनुसन्धान हुँदैछ।’ एसएसपी ज्ञवालीले भने।

ओखलढुङ्गा घर भएकी उनी साँझ पसल निस्किएको समयमा एसिड प्रहार भएको बुझिएको एसएसपी ज्ञवालीले बताए ।

एसिड परेर घाइते भएकी युवतीलाई कीर्तिपुर अस्पताल पुर्‍यााइसकिएको प्रहरीले जानकारी दिएको छ।

एसिड आक्रमणका अभियुक्त विमल कारागार चलान

https://www.youtube.com/watch?v=oXLlNDKoPB4&t=4s



सम्बन्धित
Loading...