रेडियो सञ्चालन कागजमै सीमित


कैलालीको घोडाघोडी नगरपालिकाले संचालनमा ल्याउने भनेको रेडियो एक वर्ष सम्म पनि संचालनमा आउन सकेको छैन । एक वर्ष भित्रमा रेडियो संचालन गर्ने भनेता भए पनि नयाँ आर्थिक वर्ष लागि सक्दा समेत रेडियो संचालनमा आउन नसकेको हो ।




आर्थिक वर्ष २०७६|२०७७ को वार्षिक बजेटमा रेडियो स्थापना तथा संचालनको लागी ३० लाख बजेट छुटाएता पनि काम हुन नसकेको हो । नगरपालिकाले रेडियो संचालन गर्ने भनेर निर्णय गरे पनि निर्णय कागजमै सिमित भएको छ ।

देश लकडाउन हुदा रेडियो संचालनको प्रकृया अगाढी बढाउन नसकेको घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले बताए । बैशाख महिना भित्रका रेडियो संचालन गर्ने निर्णयमा थियौँ;‘कोरोना माहामारिका कारण ३ महिना जति देश लकडाउन भयो ।’ फाईल नै अगाढी बढाउन सकेनौँ सिंहले बताए ।




प्रदेश सरकार बाट ५ सय क्षमता मेघावाटको स्वकृति भएर संचार मन्त्रालयमा फ्रिक्वेन्सी स्वाकृतिको लागी फाईल पठाईएको खगेन्द्र बहादुर सिंहले जानकारी दिए । आर्थिक वर्षको असार मसान्तमा धेरै व्यस्त भएका कारण फ्रिक्वेन्सी स्वाकृतिको लागी मन्त्रालयमा कुनै कुरा नभएको निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले बताए ।

अबको केही दिनमा मन्त्रालय बाट फ्रिक्वेन्सी आउने उनले जानकारी दिए । मन्त्रालय बाट फ्रिक्वेन्सी आउने बितिक्कै चालु आर्थिक वर्ष भित्रमा नगरपालिकाको रेडियो संचालमा आउने सिंहले जानकारी दिए । नगरपालिका बाट भए गरेका कार्यक्रमहरुको जानकारी दिन तथा सुचना आमनागरीकहरुमा प्रत्याभुति गराउनको लागी नगरपालिकाले ५ सय क्षमता मेघावाट भएको रेडियो संचालमा ल्याउन लागेको हो ।

नगरपालिकाले संचालन गर्ने क्रियाकलाप र कार्यक्रमहरु जनता स्तरमा प्रचारप्रसार हुनु पर्ने हो त्यो हुन सकेको नगरपालिकाको धारण छ । एफ एम संचालनको लागी नगरपालिकाले एउटा कार्यबिधि बनाएर कार्यपालिका बाट पास गरी सकेको छ । माघ २५ गते बसेको कार्यपालिकाको ५९ औ बैठक बाट घोडाघोडी नगर एफ.एम. रेडियो संचालन कार्यबिधि २०७६ पास गरी सकेको नगरपालिकाले जानकारी दिएको छ ।

नेपालको संबिधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हक अन्तरगर्त धारा १९ मा संचारको हकको व्यवस्था उल्लेख भएको र स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १० (ग) मा एफ.एम.रेडियो संचालन गर्ने अधिकार स्थानिय तहमा भएको हुदा त्यही अनुसार आफुहरु अगाढी बढेको सिंहले बताए ।

स्थानिय सरकारलाई १ सय क्षमता वाट र ५ सय क्षमता वाट को रेडियो संचालन गर्ने र अनुमति दिने अधिकार दिएको छ । ठुलो क्षमता भएको रेडियो संचालन गरेको खण्डमा बर्दगोरीया, जोशीपुर, महोन्याल, भजनी र गौरीगंगा नगरपालिका लगायत भित्र भए गरेका क्रियाकलापहरुलाई प्रसारण गर्न सजिलो हुने भएकाले रेडियो क्षमता ५ सय मेघावाट बनाईएको घोडाघोडी नगरपालिकाले बताएको छ एफ.एम. रेडियो संंचालनको लागी ७ सदसीय समिति बनाईने कार्यबिधिमा उल्लेख गरीएको छ ।

कार्यबिधिमा उल्लेख भए अनुसार अध्यक्षमा नगर प्रमुख, अध्यक्षको सिफारिसमा १ जना सदस्य थप गर्ने, कार्यकारी निर्देशक र स्टेशन म्यानेजर, एक जना आदिबासी दलित महिला, समितिले छनोट गरेको एक जना वडा अध्यक्ष र नगरपालिकाका कार्यकारी अधिकृत सदस्य सचिब रहने भनिएको छ ।




सम्बन्धित
Loading...