अबरुद्द बुटवल–पाल्पा सडक एकतर्फि खुल्यो




पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड एकतर्फी खुलेको छ ।अबिरल बर्षाका कारण बुटवल–पाल्पा सडक खण्डमा ३ ठाउँमा पहिरो गए पछि गय राती देखि सडक अबरुद्द थियो

तिनाउ गाउँपालिका – झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति ढुङगा सहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।




सडक खुले पनि सानो तिनो पहिरो खसिरहेकाले सुरक्षित भयर यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख सहि पृथ्वीनारायण काफ्लेले अनुरोध गरेका छन ।

दुर्घटना हुन सक्ने भन्दै राती ८ बजे देखि बिहान ६ बजे सम्म भने पाल्पा- बुटवल सडक खण्डमा यातायात चलाउन रोक लगाइयको छ ।

https://www.youtube.com/watch?v=EfnDaYvAVA8

https://www.youtube.com/watch?v=noqxmiEhzDE

 



सम्बन्धित
Loading...