नेपालले खेल्ने विश्वकप छनोट प्रतियोगिता २०२० मा नहुने

280












फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको बाँकी खेलहरु अक्टोबर र नोभेम्बरमा नहुने भएको छ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ ९एएफसी० ले अक्टोबर–नोभेम्बरको विन्डोमा हुने भनिएका छनोट खेलहरु स्थगित गर्ने संयुक्त निर्णय गरेका हुन्।


यसअघि छनोट खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको थियो। तर अब छनोट खेलहरु २०२१ मा गर्ने फिफाले जनाएको छ।

ुफिफा र एएफसीले विश्वकप तथा एसिया कप छनोट प्रतियोगिताको नयाँ मिति छलफल गरेर पछि सार्वजनिक गर्नेछ,ु फिफाको भनाइ छ।

अक्टोबर र नोभेम्बरमा हुने भनिएको छनोटका लागि नेपालले भदौ १ देखि तयारी सुरु गर्न लागेको छ। त्यसका लागि अखिल नेपाल फुटबल संंघ ९एन्फा० ले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।



You might also like
Loading...