नवलपरासीमा खोला तर्ने क्रममा खोलाले बगाई मृत्यु

1,842












नवलपरासी । पूर्वी नवलपरासीमा खोला तर्ने क्रममा खोलाले बगाई बुधबार एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ कोलटाँडीमा रहेको डुम्रे खेला तर्ने क्रममा स्थानीय ४५ बर्षीय वसन्त सुनारको मृत्यु भएको हो ।
खोलाले बगाएका सुनारलाई स्थानीय र प्रहरीले खोजतलास गर्दा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ ।
त्यसैगरी मंगलबार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा रहेको विनयी खोलाको जयकुटी रहमा माछा मार्ने क्रममा डुबेर एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी २ बस्ने ४० बर्षका अर्जुन गुरुङ वेपत्ता भएका हुन् ।




You might also like
Loading...