विहीबार नवलपुरमा थपिए १६ जना संक्रमित, संक्रमितको संख्या ४२७ पुग्यो


नवलपुर । नवलपुरमा विहीबार १६ जना नयाँ संक्रमित थपिएका छन् ।  विहीबार विहान चितवनको सिएमसीमा गरिएको परीक्षणमा ३ जना र दिउँसो पोखरामा गरिएको परीक्षणमा १३ जना गरी १६ जना थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले बताए ।
नवलपुरमा विहीबार थपिएका १६ जना सहित ४ सय २७ जना संक्रमित पुगेको छ ।  पोखरामा गरिएको परीक्षणमा कावासोती २ का ३ जना र गैडाकोट नगरपालिकामा वडा नं. २ को ५ जना र वडा नं. ७ को ५ जना गरी १० जना थपिएका हुन् ।
कावासोतीमा थपिएकामा कावासोती २ का ३३ बर्षीय महिला, ४५ र ४८ बर्षीय पुरुष रहेका छन् । कावासोतीमा कुमारी अस्पतालमा स्वाब संकलन गरिएका १४८ जना मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो ।





१४८ जना मध्ये ३ जनाको पोजेटिभ आएको ३ जनाको रिपोर्ट आउन बाँकी रहेको र अन्यको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
त्यसैगरी गैडाकोट ७ का ३ बर्षीय बालक, २५, २९, ५०, ५० बर्षका महिलामा संक्रमण पुष्टि भएको हो भने गैडाकोट २ का २९ र ५१ बर्षीया, ४५, ५६, ६२ बर्षका पुरुषमा संक्रमण देखिएको हो । यि सबै समुदायका हुन् ।गैडाकोट २ मा वडाले मानिस आवजाउ समेत बन्द गरेर शिल गरेको छ ।




यसैबीच विहान चितवन मेडिकल कलेजमा समुदाय स्तरबाट गर्एिको परीक्षणको क्रममा ३ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
गैडाकोटको एक जना र मध्यविन्दुका २ जना गरी ३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
गैडाकोट ५ का एक जना, मध्यविन्दु १० अरुणखोलाका स्थानीय बासिन्दा ४० बर्षीय, ५० बर्षीय पुरुष रहेका छन् । अरुणखोलामा देखिएका दुवै जना समुदायका हुन् ।

 




सम्बन्धित
Loading...