पश्च्मि नवलपरासीमा संक्रमितको संख्या २६९ पुग्यो

561












परासी ।  पश्चिम नवलपरासीमा शुक्रबार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ आएको रिपोर्टमा जिल्लाको सुस्ता गाउँपालिकामा ६, पाल्हीनन्दन गाउँपालिकामा ५ र सरावल गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी दिए।


सुस्ता गाउँपालिकामा जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुस्ता गाउँपालिका वडा नम्बर १ मा ४९ वर्षीय पुरुष, वडा नम्बर २ मा ३० र ३८ वर्षीय पुरुष, तथा ६५ वर्षीय वृद्धा, वडा नम्बर ३ मा २६ वर्षीय पुरुष र वडा नम्बर ५ मा ४८ वर्षीय महिलामा कोरोना संक्रमण भएको प्रमुख ढकालले बताए।
पश्चिम नवलपरासीमा संक्रमितको संख्या २ सय ६९ जना पुगेको छ । शनिबार निधन भएको सहित ३ जनाको निधन भएको छ।



You might also like
Loading...