विप्लपका विद्यार्थीद्वारा गैडाकोटमा रक्तदान


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले गैंडाकोट नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न  गरेको छ।


जिल्ला पार्टीका नेताहरू र दर्जनौं विद्यार्थीको उपस्थितिमा उक्त पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले कोरोना महामारीको कारणले अस्पतालमा भइरहेको रगतको अभावलाई पुर्ती गर्ने उद्देश्य सहित उक्त कार्यक्रम संचालन गरेको हो। जिल्ला रेडक्रस सँगको समन्वयमा गरिएको उक्त कार्यक्रममा समाजिक दुरी कायम गर्दै सत्र जनाले रक्तदान गरेका हुन।



उक्त पार्टी निकट अखिल (क्रान्तिकारी), नवलपुरले यसअघि रुकम हत्याकाण्ड बिरुद्ध प्रदर्शन, अनलाइन शुल्क बिरुद्ध स्थानिय निकाय तथा शिक्षण संस्थामा माग पत्र पेश गर्ने लगायत बिभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिएको छ।

https://www.youtube.com/watch?v=niqgysrtEl8

 



सम्बन्धित
Loading...