एक महिनादेखि कावासोतीबाट वाग्लुङकी युवती वेपत्ता, खोजीका लागि परिवारको आग्रह

1,397












कावासोती । वाग्लुङकी १८ बर्षीया युवती सुरक्षा शर्मा विगत एक महिनादेखि कावासोतीबाट वेपत्ता भएकी छिन् ।
कावासोती ४ हसौरामा रहेको दाउन्नेदेवी फर्निचर उद्योगमा काम गर्दै आएकी ति युवती साउन २० गतेदेखि कावासोतीको फलफूल चोकबाट हराएको हुन् ।


युवतीकी आमा सीता शर्मा पौडेलले छोरीको खोजीको लागि प्रहरी र सञ्चारकर्मी, अधिकारकर्मीलाई आग्रह गरेकी छिन् ।
सुरक्षाकी आमा सीता शर्मा पौडेलले आफन्त सबै कहाँ खोजी गर्दा पनि पत्ता नलागेको बताइन् ।
वाग्लुङ जयमुनी नगरपालिका ७ निवासी सुरक्षा शर्मा करिब डेढ बर्ष अघि वाग्लुङकै जयमुनी नगरपालिका १ निवासी सन्देश चापागाईसँग विवाह गरेर आएकी थिइन् ।
युवती देख्नेले उनका आफन्तका फोन नम्बर ९८४५२०३४१९, ९८६३८१५९०९ मा खबर गरिदिन आग्रह गरेका छन् । युवतीका आमा र आफन्त अहिले युवतीको खोजीको लागि कावासोती आइपुगेका छन् ।



You might also like
Loading...