अस्पतालले मान्छे मार्यो !

3,199












कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ रुम्सी निवासी २२ बर्षीय २ महिनाको सुत्केरी महिलाको अस्पतालको लापरवाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
हेमती लुंगेनीलाई उपचारका लागि कावासोती स्थित जीवन मेडिकलका उपचारका लागि ल्याइएको थियो । ज्वारो आएर उपचारका लागि आएका लुंगेलीको जीवन मेडिकलमा उपचारको क्रममा समस्या अचानक जटिल भएपछि थप उपचारका लागि चितवन मेडिकल कलेज लगेका थिए ।


उनको चितवन मेडिकल कलेजमा शनिबार राति १० बजे निधन भएको थियो ।
शनिबार दिउँसो साढे १ बजेति उपचारका लागि रुम्सेबाट ९ घण्टा पैदल र झ्यालबासबाट टेम्पोमा आएकी ति महिलाको अवस्था एकाएक जटिल बन्दै निधन भएपछि अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै स्थानीयले छानविनको माग गरेका थिए ।
आइतबार दिन भर मृतकका आफन्तले जीवन मेडिकल अगाडि मृतकको शव राखेर शान्तपूर्ण प्रदर्शन गरेका थिए ।
पछि मृतकको पिसिआर परीक्षण र पोष्टमार्टम गर्ने सर्तमा शव जिल्ला अस्पताल मध्यविन्दु लगिएको हुप्सेकोट ४ का वडाध्यक्ष रोशन थापाले बताए ।

पिसिआर रिपोर्ट नेगेटिभ पोष्टमार्टमको माग

मृतक लुंगेलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार उनको स्वाब परीक्षण गर्दा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
मृतकका आफन्तले अहिले मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला प्रहरीमा निवेदन दिने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले अहिलेसम्म कुनै निवेदन नआएको बताए ।

यसैबीच जीवन मेडिकलका सञ्चालक जीवन सापकोटाले आफ्नो अस्पतालमा कुनै लापरवाही नगरेको बताए ।

 



You might also like
Loading...