नवलपुरमा कोरानोको संक्रमणबाट थप एक जनाको निधन, मृतकको संख्या ३ पुग्यो
मृतकको बुधबार विहान ८ बजे अत्येष्टि गरिने भएको छ । मृतक पुरुषको शव अहिले अस्पतालमै सुरक्षित राखिएको र बुधबार बिहान ८ बजे परिवारलाई सुरक्षा मापदण्ड अपनाई दुरी कायम गरि देखाइने देवचुली नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुधबार बिहान ८ बजे परिवारलाई देखाइसकेपछि नेपाली सेनाले शवको सुरक्षित व्यवस्थापन गर्ने छ।
नवलपरासी पुर्वमा कोरोना भाइरस संक्रमण्बाट तेस्रो संक्रमितको मृत्यु भएसँगै जिल्ला स्वास्थ्य कार्यालयले आम नागरिकलाई थप सुरक्षित रहन आग्रह गरेको छ ।
https://www.youtube.com/watch?v=RlbDxYfuqxI&t=6s
पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत देवचुली नगरपालिका वडा नं। १ का ६४ बर्षिय पुरुषको मंगलबार साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको कोभिड १९ निमोनिया संक्रमण लगाएतका कारणले मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको किड्नी फेल भएर डायलिसिस भइरहेको थियो ।
भदौ १७ गते कोरोना पुष्टि भएका ती पुरुष भदौं १९ गते खोकी र र स्वास्प्रश्वासमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए । यो सँगै नवलपरासी पुर्वमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।