गण्डकी प्रदेशका १४६ प्रहरीमा कोरोना

221












ण्डकी प्रदेशका आठ जिल्लाका एक सय ४६ प्रहरीमा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना निको भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता किरण राणाले एक सय ४६ मा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना कोरोना मुक्त भई नियमित काममा फर्केको र ८६ जना हाल उपचाररत रहेको जानकारी दिए ।


सङ्क्रमण देखिएका तनहुँ, बागलुङ, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, लमजुङ, म्याग्दी र मनाङका छन् । क्वारेन्टिनमा र आइसोलेशनमा बसेकालाई आवश्यकतानुसार मनोपरामर्श गर्ने, स्वास्थ्यकर आहारविहारको व्यवस्था, शारीरिक व्यायाम, योगलगायतका अभ्यास गराउने गरिएको छ । आईसोलेशनको मापदण्ड बमोजिम सेवा सुविधा, पत्रपत्रिका र रेडियो टिभिको ब्यवस्था गरिएको छ ।

प्रहरीमा कोरोना जोखिम बढ्दै गएपछि विशेष सर्तकता अपनाइएको छ ।



You might also like
Loading...