पश्चिम नवलपरासीमा ७ प्रहरीसहित ३२ जनामा कोरोना संक्रमण

701












विकास अधिकारी
भदौ २४ । पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकै दिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २९ जना सुनवल नगरपालीकाका छन् भने दुई जना रामग्राम नगरपालिका र एक जना पाल्हीनन्दन गाउँपालिकाका छन् । सुनवल ११ जर्गाहमा रहेको प्रहरी युक्ति तालिम महाविद्यालयका ७ प्रहरीमा संक्रमण देखिएको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाले जानकारी दिनुभयो ।

संक्रमित मध्य सबैभन्दा धेरै सुनवल वडा नम्बर १२ का ९ जना छन् । जसमा ४ र १५ वर्षीय बालक सहित ३३, ३८ र ७७ वर्षीय पुरुष छन् । यस्तै सोही वडामा ३३ वर्ष का दुई र ३६ वर्षका दुई जना महिलामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै वडा ११ मा ७ जना पुरुषम संक्रमण पुष्टि भएको छ । जसमा ३२,२३,३३,३१,२५,२४ र ४३ वर्षका छन् । सनुवलकै वडा नम्बर ५ मा २६ र २५ वर्षका दुई पुरुष र ४० वर्षकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १३ मा ४३ र ३८ वर्षीय पुरुष सहित ५२ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।


वडा नम्बर ४ मा ५३, २४ वर्षका पुरुष र २८ वर्षीय महिलाम संक्रमण पुष्टि भएको छ । यसैगरी सुवनलकै वडा नम्बर ६ मा ५२ वर्षीय महिलामा संक्रमण देखिएको छ भने वडा नम्बर १० मा ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसअघि कोरोना संक्रमण देखिएका नगरपालिकाका वडा अध्यक्ष, नेकपाका जिल्ला नेता र बुटवल उपचारका लागि गएका व्यक्तिहरुको सम्र्पकमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरिएको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञा खुकुलो गरेको केही दिनमै धेरैमा संक्रमण देखिएपनि सुनवल नगरपालिका सिल गरेको छ । स्थानिय विपद व्यवस्थापन समितिको वैठकले आजै राति १२ वजे देख लागु हुने गरि भदौं ३१ गते राति १२ बजे सम्मका लागि सिल रुपमा शिल गरिएको नगरपालिकाले जनाएको छ ।

यस समयमा सुनवल नगरपालिकाको कार्यालय, वडा कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु लगायत सार्वजनिक निकायबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु, व्यापार व्यवसाय र निर्माण कार्य, तरकारी ढुवानी, घुम्ति पसल, अटो रिक्सा लगायतका सवारी साधन संचालन, सिमा नाकाबाट साना सवारी साधनमा सामान ओसारपसार गर्न निषेध गरिएको छ ।

थप संक्रमण फैलन नदिन अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएकाले यसको पुर्ण पालना गर्न नगर प्रमुख थापाले आग्रह गर्नुभयो । सुनवलमा यसअघि संक्रमण पुष्टि भएकाहरुको कन्ट्राक ट्रेसिङमा परेका ७४ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएकोमा बुधबार ४० जनाको रिपोर्ट आउँदा २७ जनामा पोजेटिभ देखिएको र अझै १ जनाको रिपोर्ट आउन बाकि रहेको छ । मंगलबार मात्र ३३ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने मंगलबारै थप ४० जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको छ ।

यस्तै बुधबार नै चितवनमा गरिएको स्वाब परिक्षणको क्रममा सुनवलका १२ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्यान्सर अस्पताल भरतपुरमा उपचारका लागि गएका २८ र ५६ वर्षका दुई पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले रेडियो परासीलाई जानकारी दिनुभयो ।

यसैगरी रामग्राम नगरपालीकाको वडा नम्बर ११ मा रहेको हुलास अटो क्राफ्टमा कार्यरत २ जना मजदुरमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाँउपालीका वडा नम्बर ३ कि एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित ४ देखि ७७ वर्ष सम्मका छन् ।

हालसम्म जिल्लामा संक्रमितको संख्या ३ सय १७ जना पुगेको छ । अझै ५ सय ४९ को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले बताउनुभयो । जिल्लामा कोरोना संक्रमणका कारण हाल सम्म ३ जनाको मृत्यु भएको छ ।



You might also like
Loading...