गैडाकोटमा अटो दुर्घटना चार जना घाइते

364












गैडाकोट । पूर्वी नवलरासीको गैडाकोट नगरपालिका ११ हर्कपुर चोकमा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना २ ह ५१३० नम्बरको अटोलाई सोही दिशाबाट आउँदै गरेको बा १० च ४७१० नम्बरको कारले ओभरट्याक गर्ने क्रममा ठक्कर दिई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी अटोमा सवार ४ जना घाइते भएका हुन् । दुर्घटनामा परी गैडाकोट १२ निवासी २१ बर्षीया कोपिला आले गम्भीर घाइते भएका छन् । उनको निधार र शरिमा भित्री चोट लागेको प्रहरीले जनाएको छ । त्यसैगरी सोही स्थानका २२ बर्षीया पुनम आले, ७ बर्षीया स्मारिका आले र २ बर्षीय बालक रिजन आले सामान्य घाइते भएका छन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ र ठक्कर दिने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।



You might also like
Loading...