पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध


नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलो नजिकै पहिरो खसेर यातायात अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित उक्त स्थानमा पहिरो झरेको हो।



https://www.youtube.com/watch?v=HNE6wUuBahw

पहिरोका कारण सडक बन्द हुँदा यातायात पूर्णरुपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।सडक बन्द हुँदा सवा्री साधनहरुको लाम लागेको छ। पहिरो पन्छाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ। यसअघि पनि उक्त स्थान नजिकै चारकिलो भन्ने स्थानमा पहिरो गएर लामो समयसम्म यातायात अवरुद्ध बन्दै आएको थियो।



सम्बन्धित
Loading...