गण्डकीमा थप १० जनामा संक्रमण पुष्टि, १२ डिस्चार्ज

167












गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार संक्रमण पुष्टि हुनेमा गोरखाका तीन, नवलपसारी पूर्वका पाँच र तनहुँका दुई जना रहेका छन् ।


संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । आज थपिएकासँगै प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ५ पुगेको छ ।

त्यस्तै, आज प्रदेशमा थप १२ जना कोरोना संकमणमुक्त भएर डिस्चार्ज भएका छन् । आज नवलपरासी पूर्वबाट १० जना र बाग्लुल र तनहुँबाट एक/एक जना संक्रमण मुक्त भएको हुन् । योसँगै प्रदेशमा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ४९ पुगेको छ ।

 



You might also like
Loading...