पश्चिम नवलरासीमा शुक्रबार २४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३५३ पुग्यो


परासी । पश्चिम नवलपरासीमा शुक्रबार एकै दिन थप २४ जना कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् । यो सहित पश्चिम नवलपरासीमा संक्रमितको संख्या ३५३ पुगेको छ ।
शुक्रबार रामग्राम नगरपालिकाका १८ जना, सुस्ता गाँउपालिकाका ४ जना र पाल्हीनन्दन गाँउपालिकाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिए ।
ढकालका अनुसार रामग्राममा वडा नम्बर १० मा २५, २७, ४५, ३०, २२ वर्षीय पुरुष र १६ वर्षीया किशोरी गरी ६ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै वडा नम्बर ३ मा ५८ वर्षीय १ जना पुरुष, वडा नम्बर ५ मा २५,२६, २७, २८, ३९, ४१ वर्षीय पुरुष र ३० वर्षीय महिला गरी ७ जनालाई संक्रमण भएको हो ।




रामग्राम नगरपालिकाकै वडा नम्बर ६ मा २२ वर्षीय पुरुष, वडा नम्बर ७ मा २८ र ७८ वर्षीय पुरुष र वडा नम्बर ९ मा ४० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी सुस्ता गाँउपालिकामा वडा नम्बर १ का २३ र ३० वर्षीय पुरुष, वडा नम्बर ५ का ५५ वर्षिय र वडा नम्बर ४ का ४३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । त्यसैगरी पाल्हीनन्दन गाँउपालिका १ का २० र ३ का २७ वर्षीय  पुरुषमा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार कोरोना भाइरसकै कारण पश्चिम नवलपरासीमा १ जनाको निधन भएसँग पश्चिम नवलपरासीमा मृतकको संख्या ४ पुगेको छ ।







सम्बन्धित
Loading...