बजार खुलेसँगै नवलपुरमा संक्रमितको संख्या ह्वात्तै बढ्यो,

339












  • रामकुमार श्रेष्ठ –

नवलपरासी, २६ भदौ । विस्तारै बजार खुल्न थालेसँगै नवलपुरमा कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
पूर्वी नवलपरासीमा शुक्रबार ३६ जना नयाँ संक्रमित थपिएका छन् । एकै दिन नवलपुरमा ३६ जना नयाँ संक्रमित थपिएको पहिलो हो ।
थपिएका अधिकांश समुदायका हुन् । यो सहित नवलपुरमा संक्रमितको संख्या ६ सय १८ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमु्ख केशव चापागाईले नवलपुरमा बजार खुकुलो हुँदै गएसँगै संक्रमण फैलिने सम्भावना बढ्दै गएको बताए ।


उनले बजारमा निस्कँदा नेपाल सरकारले निर्धारण गरेको जनस्वास्थ्यको सुरक्षा मापदण्ड पालना नगरेका घटनाहरु बढी देखिएको समेत बताए ।
शुक्रबार सबैभन्दा बढी विनयी त्रिवेणी गाउँपालिकामा १८ जना, कावासोती नगरपालिकामा ११ जना, गैडाकोट नगरपालिकामा ५ जना र देवचुली नगरपालिकामा २ जना थपिएका हुन् ।
नवलपुरमा अहिलेसम्म ४ सय जना निको भएर फर्किएका छन् भने ३ जनाको कोरोनाको संक्रमणको कारण निधन भएको छ । नवलपुरमा अहिले २ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।
नवलपुरमा विहीबार मात्रै नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे, पत्रकारहरु अर्जुन अविरल, हिमालदेव पंगेनी, सागर पोख्रेल सहित ३३ जना संक्रमित निको भएर फर्किएका थिए ।



You might also like
Loading...