मध्यबिन्दु ३ ब्रम्हस्थानमा गैडाको आक्रमणबाट एकजना घाइते

276












शालीकराम भट्टराई / कोल्हुवा, नवलपुर २८ भाद्र। पूर्वी नवलपरासीको मध्यबिन्दु ३ ब्रमस्थानमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन । चितवन राष्ट्रिय निकुन्जबाट बस्तीमा प्रबेश गरेको गैडाले मध्यबिन्दु ३ ब्रमस्थानका ५२ बर्षिय देबिराम महतोलाई आक्रमण गरि घाइते बनाएको मध्यबिन्दु ३ का वडा अध्यक्ष अमर महतोले बताए ।
आफ्नै घर पछाडि बारीमा घाँस काटिरहेका बेला एक्कासी गैडा आएर खुट्टामा आक्रमण गरेको थियोे । आक्रमणबाट खुट्टा र ताउकोमा समेत चोट लागेको छ । गैंडाले आक्रमण गरेको धेरै समय पछि गैडा बाटोमा हिडिरहेको देखेपछि श्रीमतीले बारीमा गएर हेर्दा श्रीमानलाई घाइते अवस्थामा देखेकि थिइन ।
घाइतेको मध्यविन्दु जिल्ला अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि भरतपुर सामुदायिक अस्पताल चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।




You might also like
Loading...