नवलपरासीमा टिपर ठक्करबाट चालककै आमाको मृत्यु
पश्चिम नवलपरासीमा टिपरले ठक्कर दिंदा सोही चालककी आमाको ज्यान गएको छ ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. ४ बेलारीमा पार्किङ गरी राखेको टिपर निकाल्ने क्रममा सोही टिप्पर चालककी आमा स्थानीय खेमकुमारी थापाको मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=-kJP-HOrPbI&t=17s
चालक २८ वर्षीय गोबिन्द थापाले घरको कम्पाउण्डमा पार्किङ गरेर राखेको लु २ ख २२५९ नं. को टिप्पर निकाल्ने क्रममा आफ्नै आमा ६० वर्षीया खेम कुमारीलाई थापालाई ठक्कर दिएका थिए।
प्र्रहरीका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थापाको शनिबार राति पौने ९ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
आफैले चलाएको टिपरले आमालाई ठक्कर दिएपछि चालक गोबिन्दले सोही टिपरमा राखी अस्पतालमा ल्याएका थिए। अहिले ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
https://www.youtube.com/watch?v=oNWJ5tAgOfI