रुपन्देहीमा निषेधाज्ञा असोज ४ गतेसम्मका लागि थप

214












बुटवल । रुपन्देहीमा असोज ४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राति १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाएको छ ।
बैठकपछि जारी सूचनामा यातायात व्यवसायीले गाडी चलाउन पाउनुपर्ने माग गरेपनि रुपन्देही प्रशासनले यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएको नै उल्लेख छ ।
सभा गोष्ठी, तालिम, सेमिनार, पार्टीप्यालेस, सैलुन, समूहमा खेलिने खेलहरु पनि बन्द रहने सुचनामा जनाएको छ ।




You might also like
Loading...