गैंडाकोट नगरपालिकाले १५ शय्याको आइसोलेसन बनाउँदै
गैंडाकोट नगरपालिकाले कोरोना संक्रमितलाई लक्षित गरेर १५ शय्याको आइसोलेसन तयार गर्ने भएको छ ।
कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई आफ्नै घरमा आइसोलेट गरिने र घरमा उचित स्थानको अभाव भएका साथै लक्षण देखा परेका संक्रमितलाई राख्न मिल्ने गरी अक्सिजनसहितको व्यवस्थित आइसोलेसन तयार गर्न लागिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।
https://www.youtube.com/watch?v=5URFo2Bb-ug
प्रस्तावित गैंडाकोट नगरअस्पतालका प्रमुख डा. रमेश आचार्यले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गरी शय्या तयार पारिने र २ देखि ४ दिनभित्र आइसोलेसन तयार हुने जानकारी दिए । पूर्वी नवलपरासीका ८ वटा स्थानीय तहमध्ये आफ्नै क्षेत्रमा आइसोलेसन बनाउने तयारी गरिरहेको गैंडाकोट नगरपालिका पहिलो हो ।