कोरोना विरुद्धको लडाई नवलपुरमा संक्रमितको संख्या ६७४, मृतकको संख्या ४ पुग्यो




नवलपरासी । पूर्वी नवलरासीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७४ पुगेको छ । ति मध्ये ४ जनाको निधन भएको छ भने ४ सय जना निको भएका छन् ।
नवलपुरमा अहिले सोमबार विहान सम्ममा २७० जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलुरका प्रमुख केशव चापागाईले बताए ।

https://youtu.be/96hoYaZkhKo




ति मध्ये ३३ जनाको जिल्ला बाहिरका विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने जिल्ला भित्र २३७ जनाको उपचार भईरहेको छ ।
नवलपुरमा अहिलेसम्म गैडाकोट नगरपालिकामा सबैभन्दा बढी १४० जनामा संक्रमण देखिएको छ । त्यसैगरी देवचुलीमा १०९ जना, कावासोतीमा ११० जना र मध्यविन्दु नगरपालिकामा ७३ जना संक्रमित पुगेका छन् ।
त्यस्तै विनयी त्रिवेणी गाउँपालिकामा १२२ जना, हुप्सेकोट गाउँपालिकामा ४४ जना, बुलिङटार गाउँपालिकामा ३३ जना र बौदीकाली गाउँपालिकामा ३३ जनामा संक्रमण देखिएको छ ।

https://www.youtube.com/watch?v=MnClwCf7SO4&t=612s



सम्बन्धित
Loading...