पश्चिम नवलपरासीमा कोभिड १९ का संक्रमितको संख्या ३ सय ६८

221












पश्चिम नवलपरासीमा कोभिड १९ का संक्रमितको संख्या ३ सय ६८ पुगेको छ ।
पश्चिम नवलपरासीमा ६ हजार १ सय ९० जनाको स्वाब परिक्षण गरीएकोमा ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिए ।
त्यसैगरी पश्चिम नवलपरासीमा अहिलेसम्म कोरोनाकै कारण ४ जनाको मृत्यु भएको छ।
पश्चिम नवलपरासीमा आईतबार थप १५ जनामा कोराना संक्रमण पुष्टि भएको थियो । जिल्लाको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा ७–७ जना र बर्दघाट नगरपालिकामा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
संक्रमित हुनेमा रामग्राम नगरपालिका वडा नम्बर ३ का २९ वर्ष, वडा नम्बर ४ का २३, २६ र २७ बर्षका पुरुष, वडा नम्बर ५ का ३९ वर्षका पुरुष, वडा नम्बर ७ का २८ वर्षीय पुरुष र वडा नम्बर १२ का २३ वर्षीय पुरुष रहेका छन् ।
यस्तै पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ मा ४२ वर्षीय पुरुष, वडा नम्बर ६ मा ११, १३, १५ वर्षीय बालक, ४९ वर्षीय पुरुष, ४० र २९ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको छ ।

उता बर्दघाट नगरपालिका वडा नम्बर ४ की ४२ वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।




You might also like
Loading...