पाल्पामा एक कोरोना संक्रमितको मृत्यु

158












पाल्पा । आईसोलेसन सेन्टरमा उपचारत पाल्पाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उच्च रक्तचाप र कलेजोका बिरामी पुरुषको उपचारको क्रममा कोरोनाको लक्षण देखिएपछि स्वाव परिक्षण गर्दा पोजेटिभ आएको हो ।

तानसेन नगरपालिका ७ का ५२ बर्षिय पुरुष भदौ २२ गते युनाईटेड मिशन अस्पतालमा उपचार लागि भर्ना भएका थिए । संक्रमित बिरामीलाई अक्सिजन दिएर उपचार गरिएको तर उनको विहिवार मृत्यु भएको मिशन अस्पतालले जनाएको छ ।


आईसोलेसन सेन्टरमा आईसियु भेन्टिलेटर नभएकोले ती पुरुषमा कोरोना विशेष अस्पताल बुटवल उपचारका लागि ३ दिन अगाडी पठाएपनि बुटवल र भैरहवा दुई स्थानमा वेड नभएको भनी फिर्ता पठाइएको थियो । कोरोना संक्रमितका आफन्तहरुले बिरामीलाई एम्वुलेन्समा पाल्पा, बुटवल र भैरहवा डुलाउदा डुलाउदै झन गम्भिर बनेकाले उपचार नपाए मृत्यु भएको दाबी गरेका छन् ।

बुटवलमा समन्वय गरी बिरामी पठाएपनि कोराना अस्पतालले विरामीलाई भर्ना नलिएपछि पुन पाल्पा ल्याएर उपचार गरेको युनाइृटेड मिशन अस्पतालका प्रशासकिय अधिकृत जिवन भट्टराईले बताए । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाल्पामा तिन पुगेको छ । यस अघि पुर्वखोला गाउँपालिकाका १ का ४५ बर्षिय पुरुष, तानसेन नगरपालिका ८ की ३० बर्षिय महिलाको मृत्यु भएको थियो ।



You might also like
Loading...