नेकपा सचिवालय बैठक आइतबारलाई सर्‍यो

176












नेकपा (नेपाल कम्युनिस्ट पार्टी) को आज बोलाइएको सचिवालय बैठक सरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको तयारी नपुगेको कारण बैठक असोज ४ गते आइतबारका लागि सरेको बताइएको छ । बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ ।


बैठकमा पूर्व एमाले र माओवादीबीच सांगठनिक एकताका बाँकी कामका साथै मन्त्रीपरिषद् र प्रदेश सरकार पुनर्गठनका कामबारे छलफल हुने बताइएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको थियो ।



You might also like
Loading...