शुक्रबार नवलपुरमा ५६ जनाले जिते कोरोना


नवलपुरमा शुक्रबार कोभिड १९ का ५६ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।
रजहर प्राकृतिक चिकित्सालयमा उपचाररतमध्ये ५६ जना निको भएपछि शुक्रबार विदाई गरिएको अस्पतालले जनाएको छ ।



https://www.youtube.com/watch?v=zSKkL8NOjMk&t=2s

शुक्रबार कावासोतीका ९ जना, विनयी त्रिवेणीका १३ जना, गैडाकोटका १६ जना, मध्यविन्दुका ३ जना, देवचुलीका १४ जना र झापाका १ जना गरी ५६ जना संक्रमित निको भएर घर फकिएको अस्पतालका निर्देशक डा. विनोद पौडेलले बताए ।




निको भएर डिस्चार्ज हुनेमा २ बर्षका बच्चादेखि ७६ बर्षका जेष्ठनागरिक समेत रहेका छन् ।



सम्बन्धित
Loading...