बगाई ल्याएको दाउरा झिक्ने क्रममा खोलाले बगाई बाबाछोरी वेपत्ता


कावासोती । पूर्वी नवलपरासीको अरुणखोलामा बाढीले बगाई ल्याएको दाउरा झिक्ने क्रममा एक जना वेपत्ता भएका छन् ।
मध्यविन्दु नगरपालिका १५ र १२ को सिमानामा पर्ने अरुणखोलाले बगाई ल्याएको दाउरा झिक्ने क्रममा बाबाआमा छोरी ३ जनालाई बगाएकोमा बाबाछोरी वेपत्ता भएका छन् भने आमाको सकुशल उद्दार गरिएको नवलपुर प्रहरीले जनाएको छ ।




शुक्रबार दिउँसो २ बजेतिरको समयमा मध्यविन्दु १५ को भ्युरान निवासी ४५ बर्षीय भुपाल क्षेत्री र निजकी छोरी १४ बर्षीया बालिका सुजिता क्षेत्रीलाई खोलाले बगाएको थियो । भुपालकी श्रीमती ४३ बर्षीया सानी क्षेत्रीलाई भने स्थानीयले सकुलश उद्दार गरेको हो । वेपत्ता बाबुछोरीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।







सम्बन्धित
Loading...