विप्लवको नवलपुर भर वालपेन्टिङ


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नवलपुरले जिल्लाभर वाल पेन्टिङ कार्य सम्पन्न गरेको छ। जिल्लाको १७० भन्दा बढी स्थानमा वाल पेन्टिङ गरिएको उक्त पार्टीले जनाएको छ। उक्त पार्टीको गाउँ-टोल अभियान अन्तर्गतको भेटघाटमा उक्त पार्टीका नेता,कार्यकर्ता र स्थानीयको जनसहभागितामा उक्त पार्टी सहित जिल्ला जनपरिषद् , जनवर्गीय संगठनहरु युवा संगठन नेपाल, अखिल (क्रान्तिकारी) लगायतको नाममा जिल्लाभर वाल पेन्टिङ गरिएको जनाइएको छ।

https://www.youtube.com/watch?v=Fv6GwXQU3xY

जिल्ला स्थित सरकारी कार्यालय, स्थानीय निकाय, वन कार्यालय, प्रतिक्षालय, शिक्षण संस्था, चौतारा, सडक पेटी, सार्वजनिक स्थान लगायत विभिन्न स्थानमा राजनीतिक, सामाजिक, समसामयिक र राष्ट्रिय नारा समेटेर वालिङ् गरेको छ। वालिङ्मा “राष्ट्रघाती सम्झौता खारेज गर; सामाजिक विकृति, विसंगति अन्त्य  गर ; कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो; पुँजिवादी दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद ;एकीकृत जनक्रान्ति जिन्दावाद” लगायतका नारा समेटेर जिल्लाभर वालिङ् गरिएको छ।


सम्बन्धित
Loading...