देवचुली नगरपालिकामा थपिए एकै दिन ३३ नयाँ संक्रमित
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा शुक्रबार एकै दिन ३३ जना कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । देवचुलीमा स्वाव संकलन गरि परीक्षणका लागि पठाइएका ९७ जनामा ३३ जनामा पोजेटिभ देखिएको एक जनाको रिपोर्ट आउन बाँकी रहेको र बाँकी सबैका नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले बताए ।
उनका अनुसार नवलपुरमा यो सहित संक्रमितको संख्या ७ सय ७४ पुगेको छ । नवलपुरमा अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गएको छ । शुक्रबार मात्रै कावासोतीमा पनि १५ जना नयाँ संक्रमित थपिएका थिए ।