नवलपुरमा खोलाले बगाएर किशोरीको मृत्यु
खगेन्द्र पराजुली,
नवलपुर । खोलाले बगाएर एक किशोरीको मृत्यु भएको छ । नवलपुरको देबचुली १६ की १७ वर्षीया किशोरीको खोलाले बगाएर मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार बाख्रा चराउन नजिकैको जंगलमा गएकी जिममाया सारु मगर घर फर्कँदा टुनीखोला तर्ने क्रममा खोलाले बगाएर किनारामा फेला परेकी थिइन् । उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।
https://www.youtube.com/watch?v=stuam3HGmSM&t=42s
सोमबार दिनभर मौसम सामान्य रहेपनि दिउँसो ४ बजेतिर नवलपुरको पहाडी भागमा परेको पानीका कारण ठाडा र खहरे खोलाहरुमा एक्कासी ठूलो भेलसहित बाढी आएको थियो ।