विनयी त्रिवेणी खोलाले बगाउँदा कावासोतीका एक जना वेपत्ता


कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ मा रहेका सुनही खोला तर्ने क्रममा खोलाले बगाउँदा बुधबार कावासोती ८ नयाँ बजार निवासी २६ बर्षीय नेत्रलाल भुर्तेल बेपत्ता भएका छन् ।
लाली गुँरास बेकरी उद्योगको ना ३ च १५९४ नम्बरको छोटो हात्ती गाडी र चालक भुर्तेललाई खोलाले बगाएको हो । वेपत्ता चालक र गाडी अझै फेला पर्न नसकेको नवलपुर प्रहरीले जनाएको छ ।
गाडीमै रहेका बर्दघाट १६ कुकुरमारा निवासी ५३ बर्षीय धनबहादुर गुरुङलाई पनि स्थानीयले सकुसल उद्दार गरेका छन् ।







सम्बन्धित
Loading...