शशांक कोइराला कोरोनामुक्त
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। ‘महामन्त्री ज्यूको रिपोर्ट नेगेटिभ आयो,’ उनका स्वकीय सचिव भरत तिवारीले भने।
बुधबार राति आएको रिपोर्टअनुसार कोइराला कोरोनामुक्त भएका हुन्। तर स्वकीय सचिव तिवारीमा भने अझै कोरोना संक्रमण नै देखिएको छ।
https://www.youtube.com/watch?v=whB-igZA138