काँग्रेस नवलपुरले कोरोना नियन्त्रणका लागि राज्यलाई सघाउने

243












कावासोती । पूर्वी नवलपुरमा नेपाली काँग्रेस नवलपुरले कोरोना नियन्त्रणका लागि राज्यलाई सघाउने भएका छन् ।
नेपाली काँग्रेस नवलपुरले गठन गरेको कोभिड १९ अनुगमन समितिको आयोजनामा शुक्रबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।


नेपाली काँग्रेस नवलपुरले सुरज गुरुङको नेतृत्वमा अनुगमन समिति गठन गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले सरकारी संयन्त्रबाट कोरोना नियन्त्रणका लागि भएको प्रयासको अनुगमन गर्ने र सुझाव दिनुका लागि पार्टीको तर्फबाट सक्दो सहयोग गर्न अनुगमन समिति गठन गरिएको बताए ।
कार्यत्र mममा नेपाली काँग्रेस नवलुरका सचिव बालकृष्ण घिमिरेले पनि अनुगमन समिति गठन गर्नुको कारण बारे जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै समितिका संयोजक सुरज गुरुङले नवलपुरका हरेक स्थानीय तहमा पालिका स्तरीय समिति गठन गरिएको समेत जानकारी गराए ।



You might also like
Loading...