एक लाख रकमसहित १३ जुवाडे पक्राउ


दाङको तुलसीपुरवाट शनिबार बेलुका झन्डै एक लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भूँयारथानस्थित कुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा १३ जनालाई ९८ हजार ९ सय ५० रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।




इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार पक्राउ पर्नेमा तुलसीपुर ६ का २८ वर्षीय रोषण बुढाथोकी, ४३ वर्षीय भरत विक, २८ वर्षीय हेमन्त शाही, २८ वर्षीय सुशील वली, ४२ वर्षीय कुमार सुनार, ३३ वर्षीय ओमबहादुर बुढा मगर रहेका छन्।




त्यस्तै, तुलसीपुर वडा नं. ७ का ३६ वर्षीय प्रेमबहादुर सुनार, वडा नं. ८ का ३९ वर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका वडा नं. १३ का ३३ वर्षीय मालबहादुर वली, घोराही १० का २८ वर्षीय केशव डाँगी, घोराही ११ का २६ वर्षीय अर्जुन पुन, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १० का ६० वर्षीय धर्मराज बुढाथोकी र सोही ठाउँका ४० वर्षीय दीपक वली रहेका छन्।

उनीहरूको साथबाट तासका तीन गड्डी र नखेलेको थप ५ गड्डी ताससमेत बरामद भएको डिएसपी सिंहले जानकारी दिए।




सम्बन्धित
Loading...