कावासोती १५ मा प्रहरी चौकी माग 

317







कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ मा प्रहरी चौकी नहुँदा आमसर्वसाधारणको जनधनको सुरक्षा हुन नसकेको भन्दै स्थानीय तथा जनप्रतिनिधिहरुले कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्न माग गरेका छन् ।

कावासोती नगरपालिका १५ मा केही घटना भईहाले कोल्हुवामा रहेको प्रहरीलाई बोलाउनु पर्ने बाध्यता रहेका कारण प्रहरी आउन ढिलो हुँदा घटनाले अर्कै रुप समेत लिन सक्ने खतरा भएको भन्दै स्थानीयले वडा भित्रै प्रहरी चौकी माग गरेको हो । अमलटारी होम स्टे, पर्यटकीय सूचना केन्द्र जस्ता पर्यटकीय स्थलहरु समेत रहेको यस वडामा वडा भित्रै प्रहरी चौकी नहुँदा चोरी, हत्याहिंसा लगायतका घटना बढेको वडा अध्यक्ष देवनारायण महतोले बताए ।

वडा अध्यक्ष महतोले वडा भित्र प्रहरी चौकी स्थापनाका लागि लागि जिल्ला प्रशासन, जिल्ला प्रहरीमा अनुरोध गरेको समेत बताए ।

You might also like
Loading...