चितवनमा फेरि बाघको आक्रमणबाट एकको मृत्यु

182







चितवन । चितवनमा फेरि बाघको आक्रमणबाट एक जनाको निधन भएको छ । केही दिन अघि मात्रै नरभक्षी बाघ नियन्त्रणमा लिएको भए पनि सोमबार विहान चितवनको खैरहनी नगरपालिका १३ कुमरोज सामुदायिक वन बाघको आक्रमणमा परि एक जना पुरुषको निधन भएको चितवन प्रहरीले जनाएको छ ।
विहान जंगलमा घाँस काट्न गएका चितवनको रत्ननगरनगरपालिका ६ बछौली निवासी ५५ बर्षीय पुरुष बबना चौधरीलाई बाघले आक्रमण गरेको हो ।
उनलाई बाघले आक्रमण गरेको खबर पाउन साथ जंगलतर्फ उद्दारका लागि टोली गएको भए पनि चौधरीको शव घाँसे मैदानमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए ।

You might also like
Loading...