नवलपुरमा कुनै पनि वाहानामा विद्यार्थीसँग शुल्क नलिन निर्देशन


नवलपुर । पूर्वी नवलपरासीमा विद्यार्थी अभिलेखीकरणको नाममा भर्ना गर्दा शुल्क लिएको र निजी विद्यालयहरुले अन्य शुल्क समेत लिएको पाइएको बताउँदै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नवलपुरले कुनै पनि शुल्क नलिन निर्देशन गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय नवलपुरले सोमबार विज्ञप्ति जारी गर्दै शुल्क नलिने निर्देशन गरेको हो । त्यसैगरी वैकल्पिक विधिबाट विद्यार्थीहरुलाई शिक्षण सिकाई गर्न निर्देशन गर्दै सम्बन्धित निकायको लिखित सहमतिमा मात्रै शुल्क लिन विज्ञप्तिमा उल्लेख गरिएको छ ।




त्यसैगरी एउटा विद्यालय छाडेर अर्को विद्यालय जान चाहाने विद्यार्थीहरुलाई मार्कसिट, ग्रेडसिट तथा स्थानान्तरण पत्र दिन नमानेको गुनासो समेत आएकोले त्यस्ता कार्य तत्काल रोक्न पनि निर्देशन गरेको छ ।
कार्यालय प्रमुख कृष्ण चन्द्र पोख्रेलद्वारा जारी विज्ञप्तिमा सामुदायिक विद्यालयहरु समेतले मासिक शुल्क लगायतका बाहानामा विद्यार्थी तथा अभिभावकसँग शुल्क लिइएको पाइएको बताउँदै त्यस्तो नगर्ने समेत निर्देशन गरेको छ ।







सम्बन्धित
Loading...