कावासोतीमा ट्याक्टरको ठक्करबाट एक जनाको निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ट्याक्टरको ठक्करबाट एक जनाको निधन भएको छ ।
भित्री सडक खण्डमा हसौराबाट जुकेपानी जाँदै गरेको लु ४ त १२८४ नम्बरको ट्याक्टरको ठक्करबाट हसौराका २३ बर्षीय खिमबहादुर सारु मगरलाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते सारु मगरको गएराति नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि तयारी भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।