नवलपुरमा अस्पताल र मेडिकलको मनोमानी, विना स्वीकृति आरडिटी परीक्षण




नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका भित्र रहेका रहेको अस्पताल तथा मेडिकलहरुले मनोमानी रुपमा आरडिटी परीक्षण शुरु गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको सिफारिसमा स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा मात्र कारोना भारइससँग सम्बन्धित आरडिटि र पिसिआर परीक्षण गर्न पाउनेमा मनोमानी ढंगले परीक्षण शुरु गरेका छन् ।
कावासोतीको कालीगण्डकी अस्पताल, जीवन मेडिकल, सन्चो मेडिकल डण्डा लगायतका मेडिकल तथा अस्पतालहरुले यसरी मनोमानी आरडिटी परीक्षण शुरु गरेका हुन् । मानिसका शरिरमा कोरोना भाइरस विरुद्धको एण्डी बढी विकास भएको छ या छैन भनेर आरडिटी परीक्षण गर्ने गरिन्छ तथापि आरडिटीकै आधारमा संक्रमण भए नभएको भने यकिन हुँदैन ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले आफूले पनि यस विषयमा गुनासो आएको थाहा पाएको बताए । उनले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सम्बन्धित निकायबाट आधिकारिक रुपमा स्वीकृति नलिई आरडीटी परीक्षण गर्न पाइदैन त्यसो गरेको भेटिए कारवाही हुन्छ ।




स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी लिला बल्लभ पाण्डेले एक सूचना जारी गरी नियम विपरित आरडीटी तथा पीसीआर परीक्षण गरेको पाइएमा कारबाही गरिने बताए । सूचनामा नवलपुरमा विना स्वीकृति आरडिटी परीक्षणको काम भएको जानकारी आएको बताउँदै तत्काल त्यस्ता कार्य रोक्न निर्देशन गर्दै अटेर गरे कारवाही गरिने जनाइएको छ ।
नवलपुरमा मध्यविन्दु जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरुमा मात्र आधिकारिक रुपमा आरडिटी परीक्षण गर्ने प्रावधान रहेको छ भने निजी मेडिकल, अस्पताल तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षणको अनुमति लिएका छैनन् ।
नवलपुरमा कतिपय मेडिकलहरु विना अनुमति सञ्चालनमा रहेका छन् भने कतिपयले औषधि विक्रीको अनुमति मात्र लिएको भए पनि अनुमति लिएको भन्दा बढी सेवाहरु प्रदान गरेको छ । जस्ता कार्य नेपालको कानुन अनुसार अवैध मानिने गर्दछ । त्यसैगरी कतिपयले एउटाको नाममा मेडिकल सञ्चालनको अनुमति लिएर अर्कैले सञ्चालन समेत गर्ने गर्दछन् ।

 



सम्बन्धित
Loading...