नवलपुरमा ५१ जनाले कोरोना जिते, १० थपिए
नवलपुर । पूर्वी नवलपुरमा बुधबार ५१ जनाले कोरोना जितेर घर फर्किएका छन् । यो सहित नवलपुरमा संक्रमण जितेर फर्कनेको संख्या ६ सय पुगेको छ ।
बुधबार विनयी त्रिवेणीका ५ जना महिला र ४ जना पुरुष गरी ९ जना, देवचुलीका ५ महिला १४ पुरुष गरी १९ जना, कावासोतीका ५ महिला र १ पुरुष गरी ६ जना, हुप्सेकोटका ३ जना महिला र १ जना पुरुष गरी ४ जना, मध्यविन्दु नगरपालिकाका १ जना महिला र १ जना पुरुष गरी २ जना र गैडाकोटको ५ जना महिला र ५ जना पुरुष गरी ११ जना निको भएका छन् ।
यसैबीच नवलपुरमा बुधबार १० जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नवलपुरमा संक्रमितको संख्या ९ सय १४ पुगेको छ । जसमध्ये ६ सय जना निको भएका छन् भने ६ जनाको निधन भएको छ । अहिले नवलपुरमा ३ सय ८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले बताए ।
