बर्दघाट नगरपालिकाले कृषकहरुलाई अनुदान दिने

260







पप्पु रेग्मी,
बर्दघाट । पश्च्मि नवलपरासीको बर्दघाट नगरपालिकाले नगर भित्रका किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँ र मकैको उन्नत बिउँ वितरण गर्ने जनाएको छ ।
गहुँ तथा मकै वालीको क्षेत्रमा उत्पादकत्व बृद्धि गरी किसानहरुलाई आत्मनिर्भर बनाउन अनुदान कार्यक्रम मार्फत बिउँहरु वितरण गर्ने कार्यक्रम गर्न लागेको नगर प्रमुख धीरज शर्मा बस्यालले बताए ।
नगरपालिको आर्थिक बर्ष २०७७र०७८ को स्विकृत कार्यक्रम अनुसार उक्त विउँ अनुदान बितरण सम्बन्धि प्रक्रिया शुरु गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए ।
त्यस्तै प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अनुसार बर्दघाट नगरपालिकाले प्याज खेती गर्न चाहने कृषकहरुलाई सहुलियत रुपमा प्रदान गर्ने भएको छ । प्याज खेतीमा आर्कषण बृद्धि गरी उत्पादनमा समेत बृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम गर्न थालेको कृषि शाखा अधिकृत युवराज लम्सालले बताए । त्यस्तै यो कार्यक्रममा सहभागी हुन चाहने किसानहरुले असोज १९ गते भित्र आबेदन गर्न सक्ने कृषि शाखाका खुमकान्त न्यौपानेले जानकारी दिए ।

You might also like
Loading...