पश्चिम नवलपरासीमा थप ९ जनामा कोरोना संक्रमण, ३९ जना डिस्चार्ज


पश्चिम नवलपरासीमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सुनवल नगरपालिकामा ४ जना पुरुष, बर्दघाट नगरपालिकामा २ जना पुरुष, रामग्राम नगरपालिकामा एक जना महिला, प्रतापपुर गाउँपालिकामा एक जना महिला र पाल्हीनन्दन गाउँपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण दखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।



बुटवल प्रादशिक अस्पतालमा रहेको प्रयोशालामा गरिएको पिसीर परिक्षणका क्रममा सुनवलको वडा नखुलेका २५, ३०, ३६ र ३८ वर्षीय पुरषहरु रहेका छन् । यस्तै बर्दघाटका २५ र ५९ वर्षीय पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । रामग्रामकी ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।




यस्तै प्रतापपुर गाउँपालिका वडा नम्बर ९ की ६० वर्षीय वृद्धा र पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

जिल्लामा बुधबार ३९ जना संक्रमित डिस्चार्ज भएका छन् । जसमध्ये २३ जना पुरुष र २० जना महिला रहेका छन् । पश्चिम नवलपरासीबाट पठाएको स्वाव मध्य अझै १८३ जनाको रिपोर्ट आउन बाँकि रहेको पोखरेलले बताए ।

यस्तै जिल्ला भित्रका आइसोलेशनमा १ सय ८३ जना र क्वारेन्टीनमा ६८ जना रहेका छन् । सुनवल नगरपालिकाको क्वारेन्टीनमा ३६ जना र बर्दघाट नगरापालिकाको क्वारेन्टीनमा ३२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।



सम्बन्धित
Loading...