पछिल्लो २४ घण्टामा देशभर ९ सय ६१ संक्रमित निको भए, ५७ हजार बढी संक्रमित घर फर्किए

नेकपाको नीति एक व्यक्ति एक पद, तर खतिवडालाई अनेक पद


कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ६१ जना निको भएर घर फर्किएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७२ दशमलव ५ प्रतिशत हो ।




त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २१ हजार ८ सय ३० रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७७ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या १० हजार ९ सय ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा १० हजार ८ सय ६१ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ४४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण भएको छ ।



सम्बन्धित
Loading...