नवलपरासीमा नदीदोहन गर्ने १७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा




नवलपरासी, १५ असोज । पूर्वी नवलपरासीमा अवैध रुपमा नदीजन्य वस्तुको दोहान गर्ने १७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
विनयी त्रिवेणी गाउँपालिका २ स्थित विनयी खोलाबाट अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा विहीबार इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

https://www.youtube.com/watch?v=kR6iPKNxL9s




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार ना ७ त ७७१, लु ४ त ३४१६, लु ४ त ५२५६, लु ४ त २२३८, लु ३ त ८५७६, लु ३ त ६३, लु ४ त १८५५, ना ६ त ९०५८, ना ६ त २५२५, लु ४ त २७२६, नम्बर मेटिएका ३ वटा, एउटा अनटेष्ट र ट्रली मात्रै भएका ३ वटा ट्रली गरी १७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
पछिल्लो सयम नवलपुरका खोला तथा नदीहरुमा नदीजन्य वस्तुको ठेक्का लाग्न नसकेका कारण नवलपुरमा नदी तथा नदीजन्य वस्तुको चोरी निकासी व्यापक बढेको छ ।

 



सम्बन्धित
Loading...