जन्मदिनका विपन्न परिवारलाई सहयोग
- विमल भट्टराई –
नवलपरासी । कसैको जन्मदिन होस या स्थपना दिवस या बैबाहिक बार्षिकउत्सव ,पार्टीप्यालेस बुकिङ्ग गरेर साथी , भाई ,केक काटेर रमाइलो गर्ने , फाजुल खार्च गर्ने प्राचलन बढी देखिन्छ । लाखौं खर्च गरेको पनि बढि भेटिन्छ तर आफ्नो जन्मदिनको उपलक्ष्यमा गरिब , अतिबिपन्ना ,असहाय ब्यतिm हरु लाई सहयोग गरेको कमै भेटिएका छन् ।
त्यस्तै एक उदारणीय नवलपरासी सुनवल गौरी शकंर कन्स्ट्रक्सन का सन्चालक भरत पौडेल ले आफ्नो जन्मदिनको उपलक्ष्यमा सुनवल ८ फुलबारी टोलकी फुलमति दर्जिको परिवारलाई घर छाउनका लागि जस्ता पाता र खानाका लागि चामल, दाल, तेल नुन लगायत खाद्यान्न सामाग्री र उपलब्ध गराएर आफ्नो जन्मदिन मनाएको सन्चालक पौडेलले बताए ।
https://www.youtube.com/watch?v=MnClwCf7SO4
धेरैले फजूल खर्च गरेर जन्मदिन मनाउने गरे पनि पौडेलले असाहय परिवारलाई सहयोग सामाग्री बितरण गरेर जन्मदिन मनाउन पाउदा यो जस्तो खुसी क्षण काँही हुन्न् । जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि सहयोग गरेको पौडेलले बताए । यस किसिमका सामाजिक कार्यहरुमा अन्य संघसंस्था र व्यक्तिहरुले पनि सहयोग गर्नुपर्ने साथै अगामी दिनमा पनि आफुले अझै धेरै सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

