पश्चिम नवलपरासीमा २ जर्सी गाई सहित अबैध मालसामान बरामद 




परासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको विभिन्न स्थानबाट २ वटा जर्सी गाई सहित १ लाख ७१ हजार ५ सय मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ।
प्रहरीको  अनुसार  सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको  प्रहरी टोलिले बिहिवार बिहान भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याउदै गरेको २ वटा जर्सी गाइ  सरावल गाउपालिका वडा नम्बर ४ ललितपुरबाट नियन्त्रणमा लिएको छ । मानिसले गाई डोरयाउदै ल्याउदै गर्दा प्रहरी टोलिलाई देखि गाई छोडेर भागेको प्रहरीले जनाएको छ ।



गाईको प्रति गाई चालीस हजारका दरले २ वटा गाईको जम्मा ८० हजार मुल्य रहेको र दुबै गाईलाई महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बिहीवार नै प्रहरी चौकी भुजहवाको प्रहरी टोलिले नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी १३ हजार ५ सय मुल्य बराबरको ७ बोरामा २ सय २५ किलो हरियो केराउ सरावल गाउपालिका  वडा नम्बर ७ बर्गदवाबाट बरामद गरेको छ ।
त्यसैगरी बिहिवार नै ईलाका प्रहरी कार्यालय अमानिगन्जबाट खटिएको प्रहरी टोलिले नेपाल बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको लगभग ७८ हजार मुल्य बराबरको २५ बोरामा ९ सय ७५ किलो हरियो केराउ  पाल्हीनन्दन गाउपालिका वडा नम्बर २ मुडेराबाट बरामद गरेको जनाएको छ  । साइकल तथा मोटरसाइकलमा राखी लैजादै गर्दा प्रहरी टोलिलाई देखि बोरा फाली मानिस भागेका थिए ।


सम्बन्धित
Loading...