गोविन्द केसीका माग जनताका आवाज हुन्ः यादव
प्रथम राष्ट्रपति डा.रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसीसँग भेट गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
डा.यादव त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत डा.केसीसँग भेट गरेका हुन् । प्रथम राष्ट्रपति यादवले डा.केसीले जनताका आवाज उठाएको भन्दै वार्तामार्फत समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छनु ।
अनशनरत डा.केसीलाई भने, ‘तपाईले जनआवाज उठाउनु भएको छ । जनताको माग तपाईंले उठाउनु भएको छ । वार्ताबाट समाधान गर्नुपर्छ ।’
सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला डा.केसी अनशन बस्नु उपयुक्त नभएको भन्दै अनशन तोड्न आग्रह गरेको भोलिपल्टै प्रथम राष्ट्रपति यादवले केसीसँग भेट गरेका हुन् ।