सत्ताधारी दल नेकपा छाडेर जनता पार्टीमा प्रवेश
जनता समाजबादी पार्टी देबचुली नगर कमिटी पुर्बी नवलपरासीको आयोजनामा पार्टी प्रबेश तथा समायोजन भेला शनिबार भएको छ ।
नगर कमिटिका उपाध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षता रहेको कार्यक्रममा पार्टीको जनबर्गीय सँगठन तमुवान राष्ट्रिय समितिका इन्चार्ज रुद्र बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तैगरी कार्यक्रममा पार्टी गण्डकी प्रदेश अध्यक्ष मोती रिजाल, प्रदेश उपाध्यक्ष दीपक तामाङ, हेमबहादुर थापा, केन्द्रिय सदस्य सरोज खरेल लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टीबाट १५० जना युवाहरु पार्टी प्रबेश गरेका थिए ।
नव प्रबेशी युवाहरुलाई प्रमुख अतिथि रुद्रबहादुर गुरुङले स्वागत गर्नुभएको थियो भने प्रदेश सदस्य कृष्ण गौतमले पार्टी प्रबेश गराउनुभएको थियो । त्यस्तै सोही भेलाले कृष्णराज गैरेको अध्यक्षतामा ३१ सदस्यीय नगर समितिको गठन समेत गरेको छ । कार्यक्रम नगर समितिका सचिव शँकर बहादुर नेपालीले सञ्चालन गर्नुभएको थियो ।
