नवलपुरका फरार २३ अभियुक्त पक्राउ


पूर्वी नवलपरासीबाट २३ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
अदालतबाट कैद सजाय भुक्तानी गर्न बाँकी रहेका अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सार्वजनिक अपराध, जालसाजी, लागूऔषध, सवारी ज्यान, लुटपाट, चोरी, कुटपीट, करकाप, कर्तब्य ज्यान, गाली बेइज्जती लगायतका मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



https://www.youtube.com/watch?v=v0-lOWDtoZg

पक्राउ गरिएका सबैलाई जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।



सम्बन्धित
Loading...